Section 60
लेखापरीक्षण समिति
(१) बैंक वा वित्तीय संस्थाको सञ्चालक समितिले गैर कार्यकारी सञ्चालकको संयोजकत्वमा तीन सदस्य भएको एक लेखापरीक्षण समिति गठन गर्नु पर्नेछ । (२) उपदफा (१) बमोजिमको लेखापरीक्षण समितिमा बैंक वा वित्तीय संस्थाको अध्यक्ष, उपसमितिको संयोजक र कार्यकारी प्रमुखले कार्य गर्न सक्ने छैनन् । (३) उपदफा (१) बमोजिमको लेखापरीक्षण समितिको सदस्य निक्षेप लिने, कर्जा दिने, धितोपत्रमा लगानी गर्ने, स्वीकृत बजेट खर्च गरी निर्णय लिनु पर्ने लगायतका नियमित दैनिक कारोबारमा संलग्न हुन पाउने छैन । (४) सञ्चालक समितिले बैठक बोलाएको अवस्थामा बाहेक सामान्यतया लेखापरीक्षण समितिको बैठक तीन महिनामा एक पटक बस्ने छ । (५) लेखापरीक्षण समितिको बैठक सम्बन्धी कार्यविधि सोही समितिले निर्धारण गरे बमोजिम हुनेछ ।